विद्युत् सेवामा डिजिटल टेक्नोलोजी योगदान महत्त्वपूर्ण छ : कुलमान घिसिङ

0

काठमाडौँ, २९ वैशाख । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले डिजिटल टेक्नोलोजीको नेटवर्कका कारण विद्युत् प्राधिकरणले ठुलो फड्को मारेको बताउनुभएको छ ।

सोमबार काठमाडौँमा आयोजित टोक्मा एप लन्च कार्यक्रममा उहाँले विद्युत प्राधिकरणको ओपिजिडब्लू केबल देशभर नभएको भए आजको सञ्चार यसरी अगाडि बढ्न नसक्ने भन्दै नेटवर्क स्थापना गर्न विद्युत् प्राधिकरणले ठुलो भूमिका खेलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको डिजिटल टेक्नोलोजी पूर्वाधारको हिसाबले धेरै नै राम्रो अवस्था छ । डिजिटल टेक्नोलोजीको लागि विद्युत् प्राधिकरणले विद्युत् मात्र दिने होइन सञ्चारको नेटवर्क स्थापना गर्न पनि ठुलो भूमिका खेलेको छ । यदि हाम्रो ओपिजिडब्लू केबल देशभर नभएको भए आजको सञ्चार यसरी अगाडि बढ्न सक्ने अवस्थामा हुँदैन थियो । पोल पोलबाट फाइबर घर घरमा पुगेको हुनाले पनि डिजिटल टेक्नोलोजीमा ठुलो सहयोग भएको जस्तो लाग्छ ।’

यस्तै, उहाँले टोक्मा एपले डिजिटल अर्थतन्त्रमा महत्त्वर्ण योगदान गर्ने भन्दै एपले रोजगारी सिर्जना गर्नका लागि ठुलो भूमिका खेल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘डिजिटल अर्थतन्त्रमा टोक्मा एपले महत्त्वपूर्ण योगदान दिने छ भन्ने लागेको छ । टोक्मा एपमा चार वटा फिचर राखेर आज लन्च गर्नुभएको छ, त्यो एकदमै राम्रो छ भन्ने मलाई लागेको छ, पर्यटकीय हिसाबले पनि, यो एपले रोजगारी पनि सिर्जना गर्नका लागि ठुलो योगदान पुर्‍याउछ भन्ने लागेको छ ।’

टेक्नोलोजीहरुले दैनिक कामलाई सहज बनाउन सहयोग गर्ने भन्दै यो एपले नेपालको डिजिटल टेक्नोलोजी विकासमा सहयोग गर्ने पनि उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...