वैशाख १२ मै गयो सिन्धुपाल्चोकको फुल्पिङ्कोटमा भूकम्प

31

काठमाडौँ, १२ वैशाख । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५७ मिनेट जाँदा फुल्पिङकोट आसपास केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि हिजो साँझ ७ बजेर ३४ मिनेट जाँदा रुकुमको रन्मामैकोट केन्द्रबिन्दु भएर ४ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको थियो ।

विसं २०७२ वैशाख १२ गते विनाशकारी भूकम्पको कारण ठुलो धनजनको क्षति भएको थियो । गोरखाको बारपाक केन्द्रबिन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प जाँदा ८ हजार ९७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । त्यसपछि हरेक वर्ष भूकम्प स्मृति दिवस मनाइँदै आइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...