‘वायु प्रदूषण कम भए पनि जोखिम उत्तिकै’

12

काठमाडौँ, २ वैशाख । काठमाडौँकोे वायु प्रदूषण पछिल्ला दिनमा सुधारात्मक देखिएको छ । पछिल्ला केही दिनयता निरन्तर भएको वर्षा र हावाहुरी चलेको कारणले प्रदूषणमा सुधार भएको हो ।

वायु गुणस्तर विज्ञ डा.भुपेन्द्र दास भने काठमाडौँ अझै पनि प्रदूषण सहरको नम्बर एकमा नै झर्ने जोखिम रहेको बताउनुहुन्छ ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले केही दिनयता निरन्तर भएको वर्षा र हावाहुरीको कारणले प्रदूषण कम भएको भएता पनि अब टेम्प्रेचर हाई हुने कारण वर्षा नहुने हुँदा प्रदूषण बढ्ने खतरा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अहिले एक्युआईमा हेर्ने हो भने काठमाडौँ ३० नम्बरमा छ । पानी पर्‍यो । हावाहुरी लाग्यो । त्यसकारण पनि सुधार भएको छ । तर, फेरि प्रदुषण बढ्ने सम्भावना छ । अब झन मौसम सुख्खा हुन्छ । अब पानी पर्ने सम्भावना पनि कम हुन्छ । त्यसैले यो गढबढ भइरहन्छ । यो अप्रिल महिनाभर चाहिँ एक नम्बरमा झर्ने सम्भावना रहि नै रहन्छ ।’

त्यस्तै, उहाँले वायु प्रदूषण कम गर्ने की नगर्ने भन्ने कुरा मानव क्रियाकलापमा पनि निर्भर रहने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘वन डढेलाहरु धेरै मानवहरुको गल्तीले पनि हुने गर्छ । यसले गर्दा प्रदूषण बढ्ने । त्यसैले घटाउने कि बढाउने मानव क्रियाकलापमा पनि निर्भर रहने कुरा हो ।’

Share This:
सम्बन्धित खबर
Loading...