नगरकोट जौविक विविधतायुक्त क्षेत्र हो : मन्त्री पाण्डे

11

काठमाडौँ, १ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नगरकोट प्रकृति, संस्कृति र इतिहासको एउटा संगम क्षेत्र भएको बताउनुभएको छ ।

नगरकोट भ्रमण वर्ष २०८२ को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उहाँले जंगल, जडीबुटी, जीवजन्तुको दृष्टिकोणले हेर्दा नगरकोट जौविक विविधतायुक्त क्षेत्र भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रकृति, संस्कृति र इतिहासको एउटा संगम हो नगरकोट । वास्तवमै यो ठाउँ जंगलको दृष्टिकोणले हेर्दा, जंगलभित्र रहेका जडीबुटीका हिसावले हेर्दा, यहाँ रहेका जीवजन्तुको दृष्टिकोणले हेर्दा ,चराचुरुङ्गीको दृश्टिकोणले हेर्दा नगरकोट जौविक विविधतायुक्त क्षेत्र हो ।’

साथै उहाँले ठाउँको दृष्टिकोणले, पर्यटकीय गन्तव्यको दृष्टिकोणले पनि अत्यन्तै सम्भावना बोकेको ठाउँ नगरकोट भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी यहाँ आएर सनराइज र सनसाइन हेर्ने गर्छौँ । ठाउँको दृष्टिकोणले पनि, पर्यटकीय गन्तव्यको दृष्टिकोणले पनि अत्यन्तै सम्भावना बोकेको ठाउँ हो ।’

Share This:
सम्बन्धित खबर
Loading...