विपिन कार्की भन्छन्- पहिलो पटक फरक काम गरे

15

काठमाडौँ, ३१ चैत । चलचित्र ‘कर्मा’ गत बिहीबारदेखि देशव्यापी प्रदर्शनमा छ । चलचित्रका टिम अहिले दर्शनसँग प्रत्यक्ष साक्षात्कार गर्न हलहल पुगिरहेका छन् ।

आइतबार कमलपोखरीको बिग मुभिज् सिनेमा हलमा फिल्म कर्माको स्पेशल शो कार्यक्रमपछि अभिनेता विपिन कार्कीले अगाडि गरेका कामभन्दा बढी टेक्निकल भएको भन्दै पहिलो पटक फरक काम गरेको बताउनुभयो ।

‘चलचित्र हेर्नहरुले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । रमाइलो, राम्रो र तपाईलाई सुहाएको छ भन्नुभएको छ । मेरो डर पनि यसैमा थियो । अडियन्सलाई धन्यवाद भन्छु’ उहाँले भन्नुभयो ।

यस्तै, नायिका उपास्नासिंह ठकुरीले यो चलचित्र गर्दा राम्रो अनुभव बटुलेको भन्दै फिल्म राम्रो बनेको बताउनुभयो ।

कलाकार दिव्यदेव पन्तले आफू अभिनित चलचित्र पिताम्वर र कर्मा एकसाथ हलमा आउँदा अप्ठारो भएको भन्दै सन्तुलन मिलाएर हलमा पुग्ने गरेको बताउनुभयो ।

चलचित्र ‘कर्मा’मा विपिन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय छ ।

सौरभ चौधरीले निर्देशन गर्नुभएको ‘कर्मा’को कथा पनि चौधरी आफैँले लेख्नुभएको हो ।

चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा समिर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउन्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर र विजय बस्यालको पब्लिसिटी डिजाइन छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’ मा वसन्त लम्सालको लगानी छ ।

Share This:
सम्बन्धित खबर
Loading...