बस पल्टिँदा २० यात्रु घाइते, ४ जनाको अवस्था गम्भीर

23

तनहुँ, २२ चैत ।  तनहुँ जिल्लाको डुम्रे–बेँसीसहर सडकखण्डमा आज बस पल्टिँदा २० जना यात्रु भएका छन् ।

डुम्रे बजारदेखि लमजुङ बेँसीसहरतर्फ जाँदै गरेको ग१ख ६४९८ नम्बरको बस भानु नगरपालिका–१ मोहरिया अनियन्त्रित भइ पल्टिएको हो ।

प्रहरीका अनुसार घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य बाँकी १६ जनाको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकलमा उपचार भइरहेको छ । घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

“गाडी साहु र चालकको खोजी भइरहेको छ”, उहाँले भन्नुभयो, “कालिका बस व्यवसायी समितिबाट सञ्चालित बस भएको पुष्टि भएको छ ।”

Share This:
सम्बन्धित खबर
Loading...