रचना रिमालको ‘यति माया गरुँकी तिमीलाई’मा प्रविन र समीक्षा

14

काठमाडौँ, ९ चैत । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ र गायिका रचना रिमालको स्वर रहेको ‘यति माया गरुँकी तिमीलाई’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ ।

गीतकार सिएल शर्माका शब्द सिर्जना रहेको गीतमा गायक श्रेष्ठ स्वयमकै संगीत, याकुब तामाङको एरेन्ज तथा दिनेश न्यौपानेको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

भिडिओमा मोडलद्वय प्रबिन डिसी र समीक्षा न्यौपानेको अभिनय रहेको छ । भिडिओले एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथालाई देखाएको छ । निर्देशक जश बहादुर याक्ख्याको निर्देशन रहेको भिडिओको छायांकन कालिन्चोकमा गरिएको हो । गायक तथा संगीतकार श्रेष्ठ प्रवासमा रहेर पनि नेपाली गीतसंगीतको क्षेत्रमा निकै क्रियाशील सर्जक मानिनुहुन्छ ।

उहाँका आधा दुःख घटाएर, तिमी बिना, तिमी सुस्तरी, बाँचुन्जेल, उड्ने रहर, तिम्रो बारे, सुस्तरी सुस्तरी, थोपा, जिन्दगीकी रहोमे, वैशाखे घामलगायतका गीतहरू उहाँकै अफिसियल च्यानलबाट बजारमा आइसकेका छन् ।

सार्वजनिक गीतमा ज्ञानेन्द्र हुमागाई र सन्तोष तिमल्सिनाको छायांकन तथा मीन रावलको सम्पादन रहेको छ । सन्तोष रनबाहको कोरियोग्राफी रहेको गीतको भिडिओ गायक स्वयमकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...