झापा ११ लाई हराउँदै मच्छिन्द्र इटहरी गोल्ड कपको सेमिफाइनलमा

7

इटहरी, ६ फागुन । इटहरीमा जारी १५औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँ पुगेको छ ।

सोमबार इटहरी रङ्गशालामा भएको खेलमा झापा ११ फुटबल क्लबलाई १–० गोलको अन्तरले पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा पुगेको हो । जितका लागि मच्छिन्द्र फुटबल क्लबका तर्फबाट खेलको ३१औँ मिनेटमा मलिक बामिदेले युसुफले गोल गरे ।

प्रतियोगिता अन्तर्गत मङ्गलबार चर्च ब्वाइज युनाइटेड काठमाडौँ र धरान फुटबल क्लबबीच अन्तिम क्वाटर फाइनल खेल हुने छ ।

फागुन १० गतेसम्म चल्ने प्रतियोगिताको विजेतालाई नगद १० लाख र उपविजेतालाई पाँच लाख प्रदान गरिने आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...