बालेन शाहबाट गरिब जनतालाई दुःख दिने काम भयो : अमरेश सिंह

31

काठमाडौँ, २९ माघ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबाट कुनै विकल्प नदिइकन गरिब बसेको ठाउँ हटाउने गलत काम भएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठक पश्चात उहाँले राज्य गरिब र कमजोरलाई संरक्षण गर्नका लागि आवश्यक हुने भन्दै सरकारमा रहेकाबाट नै गरिब जनतालाई दुःख दिने काम सही नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राज्यको आवश्यकता कमजोरलाई संरक्षण गर्नका लागि पर्छ । बलियो मानिसका लागि राज्य आवश्यक हुँदैन । लड्नै मन छ भने मेरो भनाइ एकदमै प्रष्ट थियो महानगरभन्दा बलियो ठाउँ संसद भवन छ केही गर्न सकिन्छ भए भनेर भन्न खोज्या हो । उहाँलाई विकास गर्नु छ भए पार्क बनाए हुन्छ तर बेकारमा जो कमजोर छ, निर्दोष छ उनीहरुलाई कुटपिट गर्ने, उसको घरमा डोजर लगाउने, एउटा कुनै विकल्प नदिइकन त्यतिकै बसिरहेको ठाउँ हटाउने काम गर्नु भएन ।’

यस्तै, उहाँले सहर कुरुप बनाउने गरिब जनताले नभइ यहाँको शासक, प्रधानमन्त्री र मन्त्री भएको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...