सरकारले ल्याएको अध्यादेश सफल हुँदैन : वर्षमान पुन

19

काठमाडौँ, २८ माघ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सासंद वर्षमान पुनले सरकारले ल्याएको अध्यादेश सफल नहुने बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभाको बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले कतिपय कानुनहरु आवश्यक भए पनि नियमित प्रक्रियाबाट नहुँदा फेल हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यदि कानुन बनाउने हो भने, कानुन आवश्यक हो भने हिउँदे अधिवेशन समयमै बोलाएर सरकारले विधेयक ल्याओस् । कानुन बनाउन हामी सहयोग गर्छौँ भनेका थियौँ । ढिलै भए पनि संसद् बोलाइएको छ । तर, नियमित प्रक्रियाबाट कानुन बनाओस् त्यसमा छलफल गरौँला । कतिपय कानुनहरु पनि आवश्यक छन् । स्वभाविक कुरा हो जसपाले संसद्लाई छल्ने, प्रतिनिधि संस्थालाई कमजोर बनाउनेमा जसपाले सहयोग गर्छ जस्तो लाग्दैन । भूमिसम्बन्धी, वनसम्बन्धी ऐनहरुमा अध्यादेशमार्फत् संशोधन भएको छ । तर, यसभन्दा पहिला ल्याएको सरकारको अध्यादेश पनि अरुहरुले फेल नै गरेका थिए । यस पटक सरकारले ल्याएको अध्यादेश फेल हुने अवस्थामा पुगेको छ ।’

साथै उहाँले सहयोग गर्ने कुरा स्वभाविक भए पनि जसपाले संसद्लाई छल्ने, प्रतिनिधि संस्थालाई कमजोर बनाउनेमा सहयोग नगर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...