देशमा फेरि एउटा ठुलो आन्दोलनको आवश्यक महसुस भएको छ : प्रचण्ड

26

काठमाडौँ, २७ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशमा फेरि एउटा ठुलो आन्दोलन आवश्यक महसुस भएको बताउनुभएको छ ।

आइतबार संविधान संशोधनको विषयमा संविधान निगरानी समूहले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले अहिलेको सरकारले प्रदेशलाई अधिकार दिन पनि नमान्ने र स्थानीय तहलाई बलियो बनाउन पनि नमान्ने भन्दै अर्को विद्रोह आवश्यक भएकै हो त ? भन्ने प्रश्न आउन थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘मैले कहिलेकाही के सोच्ने गरेको छु भने नेपालमा फेरि एउटा ठुलो आन्दोलन आवश्यक भएको हो कि क्या हो भन्ने मलाई सुद्ध लाग्न थाल्यो भनेपछि । किनकी कसैले भनेको नमान्ने । प्रदेशलाई अधिकार दिन पनि नमान्ने, स्थानीय तहलाई बलियो बनाउन पनि नमान्ने भनेपछि त के देशले फेरि अर्को आन्दोलन खोजेको हो त ? जनतामा फेरि अर्को असन्तुष्टि बढेको बढ्यै छ । निराशा बढेको बढ्यै छ । अर्को विद्रोह आवश्यक भएकै हो त ? भन्ने प्रश्न अब विस्तारै मानिसहरुको मनमा यो आउँदै छ । अहिले म त्यो निष्कर्षमा पुगे भन्ने होइन त्यो अर्थ नलागोस्, तर जनतामा देखिएको निराशा, युवामा देखिएको फ्रस्टेसनले त्यो सबै हेर्दा र नेतृत्व हेर्दा यो सरकार पनि संविधानसम्वत नै छैन ।’

उहाँले वर्तमान सरकार संविधान मिचेर राष्ट्रपतिलाई जर्बजस्ती दबाब दिएर बनेको सरकार भएको आरोप लगाउनुभयो । सरकारले संविधानलाई कर्नरमा पार्न खोजेको पनि उहाँको आरोप छ ।

उहाँले भन्नुभयो,‘यो संविधान मिचेर बनेको सरकार हो यो । राष्ट्रपतिलाई जर्बजस्ती दबाब दिएर बनेको सरकार हो यो भन्ने आरोप छ मेरो । लोकतान्त्रिक पनि छैन ।त्य सैले लोकतन्त्रको मर्मविपरीत पनि आएको छ यो । यसले संविधानलाई कहीँ न कहीँ कर्नरमा पार्न खोजेको छ ।’

Share This:
सम्बन्धित खबर
Loading...