काठमाडौँ, २७ माघ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले सरकारले संविधानले दिएको वाक तथा प्रकाशन स्वतन्त्रतालाई नियन्त्रण गर्न नमिल्ने बताउनुभएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उहाँले सामाजिक सञ्जालसम्बन्धी विधेयकको सम्बन्धमा नियन्त्रणको विक्षमा र नियमनको पक्षमा आफू रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘सामाजिक सञ्जालसम्बन्धी विधेयक नियन्त्रणको पक्षमा छैन । तर, नियमनको पक्षमा चाहिँ म छु । संविधानले दिएको वाक तथा प्रकाशन स्वतन्त्रता नियन्त्रण गर्ने कुरामा सरकार जानु हुँदैन र मलाई विश्वास छ जाँदैन पनि । यदि, त्यस्तो खालको कमी कमजारी छ भने संशोधनमार्फत् सच्याउछौँ ।’
अध्यादेशको विषयमा छलफल भइरहेको भन्दै परिपक्क भयो भन्ने सरकारलाई लागेपछि संसद्मा पेस गर्ने उहाँले जानकारी दिनुभयो ।