वर्तमान गठबन्धन सरकार ढल्दैन : ईश्वर पोखरेल

111
  • हेमनाथ खतिवडा

रसुवा, २७ माघ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले इमान्दरीताका साथ राष्ट्रिय समस्या समाधान गर्न लागेकाले अहिलेको गठबन्धनको सरकार नढल्ने बताउनुभएको छ ।

शनिबार रसुवाको कालिकास्थामा एमाले रसुवाको आयोजनामा भएको ३ महिने जारा केन्द्रित अभियानको अभिमुखीकरण शुभारम्भ गर्नुहुँदै प्रमुख अतिथि पोखरेलले टोल र बस्तीमा पुगेर जनताको बीचमा पार्टी र वर्गीय संगठन सुदृढ गर्न आग्रह गर्नुभयो ।

विभिन्न आन्दोलनहरूमा सहकार्य हुने गरेको स्मरण गर्नुहुँदै नेपाली कांग्रेससँग सहकार्य र प्रतिस्पर्धा दुवै हुने बताउनुभयो । उहाँले भने सरकारमा रहेका दलहरुमा बेइमानी नहुने बताउदै ०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने र त्यसतर्फ लाग्न जनतामा जानका लागि पार्टीले जरा अभियान थालेको उहाँले बताउनुभयो ।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले जनतामाझ पुगेर समीक्षा हुनुपर्ने तथा टोलटोलमा मजबुद संगठनले मात्र सफलता मिल्ने बताउनुभयो ।

सो अवसरमा कार्यक्रम तथा योजना तयार गरी वडा र टोलमा भेला तथा जनतासँग भेटघाट तथा संगठन संगठन सुदृढ गर्ने कुरा एमाले जिल्ला सचिव पेम्पा लामाले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...