नेपालले आफैँले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

13

काठमाडौँ, २७ माघ । सभामुख देवराज घिमिरेले नवीकरणीय ऊर्जाको प्रवर्द्धन, वातावरणीय कानुन निर्माण तथा हरेक बजेट परियोजनाका कार्यहरु संसदमार्फत् अगाडि बढिरहेको बताउनुभएको छ ।

आइतबार काठमाडौँमा कोकाकोला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरुको सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरुको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरुको सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरुको सहकार्य अपरिहार्य छ । विशेषगरी जीवनयापन संकट भोगिरहेका समुदायलाई सहयोग पुर्‍याउने तथा वातावरणीय क्षति न्यून गर्नका लागि योजनावद्ध प्रयास गर्न आवश्यक छ । नवीकरणीय ऊर्जाको प्रवर्द्धन, वातावरणीय कानुन निर्माण तथा हरेक बजेट परियोजनाका कार्यहरु बजेट संसदमार्फत् अगाडि बढिरहेका छन् ।’

त्यस्तै, उहाँले नेपालले आफैँले नगरेको अपराधको सजायका रुपमा जलवायु परिवर्तनको समस्या भोगिरहेको बताउनुभयो । विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रले अत्याधिक मात्रामा गरेको कार्बनको उत्सर्जनको प्रत्यक्ष असर नेपालको प्राकृतिक सम्पदामा परेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘नेपालले आफैँले नगरेको अपराधको सजाय अहिले भोगिरहेको अवस्था छ । विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रले अत्याधिक मात्रामा गरेको कार्बनको उत्सर्जनको प्रत्येक्ष असर हाम्रो प्राकृतिक सम्पदामा परेको छ । बढ्दो कार्बन उत्सर्जनको कारण पृथ्वीको तापक्रम वृद्धिले नेपाललाई गम्भीर रुपमा प्रभावित बनाएको छ ।’

Share This:
सम्बन्धित खबर
Loading...