सरकारले जारी गरेको अध्यादेश स्विकृत हुने कुरामा कुनै समस्या छैन : महेश बर्तौला

47

काठमाडौँ, २४ माघ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले जारी गरेको अध्यादेश स्वीकृत हुने कुरामा कुनै समस्या नभएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकपश्चात उहाँले अध्यादेशसँग सम्बन्धित विषयको निर्णयमा पुग्नका लागि असहजता भएको हो की भन्ने प्रश्न उठ्ने गरेको भन्दै यसमा कुनै समस्या नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘अध्यादेशको बारेमा कहिले काही विवेचना पनि हुन्छन् । कतै केही अध्यादेशसँग सम्बन्धित विषयको निर्णयमा पुग्नका लागि असहजता हो भनेर तर यी विषयमा केही समस्या छैन । दुवै हाउसबाट सरकारले जारी गरेको अध्यादेश संसद्मा पेस भएको छ । स्वीकृत हुने कुरामा कुनै समस्या छैन ।’

यसका साथै उहाँले आजको कार्यसूचीमा रहेको अध्यादेशसँग सम्बन्धित विषय सरकारले अर्को दिनका लागि छलफल गर्नेगरी कार्यसूचीबाट हटाएको भन्दै यो सामान्य विषय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आजको कार्यसूचीमा रहेको अध्यादेशसँग सम्बन्धित विषय सरकारले अर्को दिनका लागि छलफल गर्ने गरी कार्यसूचीबाट हटाउने प्रस्ताव गरेपछि त्यहीँअनुसार अगाडि बढियो र सामान्यतया सरकारी बिजनेशमा सरकारले छलफल कहिलेकाही तलमाथि गर्न सक्छ यो नियमित र सामान्य प्रक्रिया हो ।’

Share This:
सम्बन्धित खबर
Loading...