ट्रेड युनियन खारेज हुँदैन, निजामति सेवा ऐन पारित हुन्छ : मन्त्री गुप्ता

30

काठमाडौँ, ३ माघ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ट्रेड युनियन अधिकारसहित संघीय निजामति सेवा ऐन पारित हुने बताउनुभएको छ ।

बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा ट्रेड युनियनका नेताहरूलाई विश्वस्त तुल्याउँदै उहाँले बजारमा हल्ला चलेअनुसार ट्रेड युनियन महासंघ खारेजीको पक्षमा सरकार नरहेको र ट्रेड युनियन अधिकारसहित संघीय निजामती सेवा ऐन जारी हुने स्पष्ट पार्नुभयो ।

‘निजामति सेवा ऐन जारी गराउन राज्य व्यवस्था समितिमा हामी निरन्तर छलफलमा छौँ । धेरै सल्लाह त यो पनि आएको छ कि ट्रेड युनियन नै खारेज गरौँ, ट्रेड युनियनको जरुरत छैन भन्ने छ । तर, हक अधिकारका लागि ट्रेड युनियनको जरुरी छ । त्यो कुरा हामीले राम्रोसँग बुझेका छौँ र यसबारे अन्य छलफल पनि गरिरहेका छौँ । ट्रेड युनियनको अधिकारका साथ यो ऐन आउँछ,’ उहाँले भन्नुभयो ।

आफूले मन्त्रालयको कार्यभार सम्हाल्दादेखि नै निजामति सेवा विधेयकलाई प्राथमिकतामा राख्दै आएको बताउँदै उहाँले आफ्नो एक सय र दुई सय दिनको प्रगति विवरण तथा प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौतामा समेत यो विषयलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...