निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी छ : मन्त्री पौडेल

11

काठमाडौँ, १ मघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पछिल्लो समय मानिसहरु मानसिक रुपमा समस्याग्रस्त बन्दै गएको बताउनुभएको छ ।

राष्ट्रिय योग दिवसको मूल समारोहमा बोल्नुहुँदै मन्त्री पौडेलले कोलाहल, स्वार्थ र अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई मानसिकरुपमा समस्याग्रस्त बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हामीले बहस नगरेको पक्ष पुनःस्थापना । यसमा बहस गर्ने बेला आएको छ । मानसिक रोगको समस्याबाट धेरै मानिसहरु समस्याग्रस्त भएको स्थिति छ । यस्तो कोलाहल, भिडभाड, स्वार्थ, अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई मानसिकरुपमा समस्या ग्रस्त बनाएको अवस्था छ । यस्तो जटिल समस्यालाई कुन माध्यमबाट हल गर्न सकिन्छ र उपचार विधि के भन्ने भनेर बहस गर्ने बेला आएको छ ।’

मन्त्रीले पौडेलले कोही पनि इच्छाले रोगी नभएको बताउनुभयो । उहाँले निरोधात्मक, रक्षात्मक क्षेत्रसँगै उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ निरोधात्मक र रक्षात्मक क्षेत्रमा काम गर्न जरुरी छ । साथै पुनःस्थापनाको क्षेत्रमा काम गर्न जरुरी छ । उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ । कोही बिरामी भयौँ भने उपचार कसरी गर्ने भन्ने बारेमा चिन्ता गरेको देखिन्छ । तर, बिरामी हुन नदिने भन्नेमा काम गर्न सकिएको छैन । यसरी नै बिरामी बढ्दै जाने हो भने उपचार गर्न सक्दैनौँ । त्यसैले स्वस्थ्य नेपाली, स्वस्थ्य नेपाल निर्माण गर्नका लागि मान्छेले रहरले रोग बोकेको हुँदैन, नजानेर बोकेको हुन्छ । कसैलाई पनि क्यान्सर बोक्ने इच्छा हुँदैन । कसैलाई पनि किट्नीमा समस्या भएर बाच्ने इच्छा हुँदैन तर क्यान्सर हुन नदिन के गर्ने यसमा काम गर्नुपर्छ । त्यसैले हामीले निरोधात्मक क्षेत्रमा काम गर्न सकेको छैनौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...