काठमाडौँ, १९ पुस । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो ।
बिहीबार १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ ।