ओमोडाको ब्रान्ड एम्बेसडरमा दीपेन्द्रसिंह ऐरी

27

काठमाडौँ, १५ पुस । ओमोडाको ब्रान्ड एम्बेसडरका रूपमा नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई अनुबन्ध गरेको छ ।

सोमबार एक कार्यक्रमबीच ऐरीले ब्रान्ड एम्बेस्डरका रुपमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । साथै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरण समेत गरिएको छ । ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोएल्सका कप्तान हुन् ।

एनपिएल २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ बन्नुभएका उहाँलाई ओमोडा–इफाइभ प्रदान गरिएको थियो ।

शारडा ग्रुप एसपिजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोका लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनी हो ।

उक्त कार पाएवापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रुपैयाँ) पनि कम्पनीले बेहोर्ने जनाइएको छ ।

९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...