काठामाडौँ, १४ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न नसकेको धारणा राख्नुभएको छ ।
जनकपुरधाममा आइतबार पत्रकार सम्मेलमा बोल्नुहुँदै नेता कोइरालाले केन्द्रले संघियताको मर्म नबुझेका कारण निजामति कर्मचारी ऐन, शिक्षा ऐन, प्रहरी ऐनलगायतका ऐन हालसम्म बन्न नसकेको र यसमा आफू स्वयम् पनि जिम्मेवार रहेको बताउनुभयो ।
मधेस प्रदेश मात्र नभएर सातवटै प्रदेशमा यसले प्रभाव परिरहेको उहाँले धारणा राख्नुभएको छ । यसमा कांग्रेसलगायत केन्द्रमा भएका सम्पूर्ण पार्टी उतिनै जिम्मेवार रहेको उहाँले बताउनुभयो ।
त्यस्तै, यसको समाधानका लागि जतिसक्दो निजामति कर्मचारी ऐन, प्रहरी ऐन, शिक्षा ऐन ल्याउन आवश्यक रहेको उहाँले बताउनुभयो । तत्काल यी ऐन नल्याए प्रदेश नचल्ने उहाँको भनाइ छ ।
सिडिओलाई प्रदेशको गृहमन्त्रीले चलाउन नसक्ने अवस्था रहेकाले नियम कानुन बनाएर दिन आवश्यक रहेको उहाँले औँल्याउनुभयो । डा.कोइरालाले यसमा केन्द्र बसेको आफूलगायत सम्पूर्ण पार्टी दोषी रहेको स्वीकार गर्नुभयो ।