खेललाई राज्यले प्राथमिकताका साथ लिनुपर्छ : सभामुख घिमिरे

9

काठमाडौँ, २९ मंसिर । सभामुख देवराज घिमिरेले खेल खेलको महाविद्यालय अथवा विश्वविद्यालयहरूसम्म बनाउने दिशामा लाग्ने काम सुरु भएको बताउनुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित नेपाल विद्यालय खेलकुद महासंघको महासभालाई सम्बोधन गर्दै उहाँले खेललाई राज्यले प्राथमिकताका साथ लिनुपर्ने भन्दै सरकार त्यो दिशामा लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खेल क्षेत्रबाट राष्ट्रलाई चिनाउनका लागि, प्रतिभालाई अगाडि लानका लागि र खेलबाट पनि जीविकोपार्जनको महत्त्वपूर्ण आधार तय गर्न सकिन्छ, खेल जीवनको लागि महत्त्वपूर्ण हुन्छ र खेललाई राज्यले त्यही प्राथमिकताका साथ लिनुपर्छ । शिक्षामा राख्नुपर्छ, खेलको महाविद्यालय अथवा विश्वविद्यालयहरु सम्म बनाउनुपर्छ । यस दिशामा लाग्ने काम सुरु भएको छ ।’

यसको साथै, उहाँले खेलले जीविकाको आधार बनाउन सक्छ भन्ने विश्वास जगाउनुपर्ने अवस्था रहेको भन्दै यो कुराहरुलाई संस्थागत रुपबाट विकास गर्ने तर्फमा विद्यालय क्षेत्रलाई खेलकुदको महत्त्वपूर्ण थलो बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खेलकुदमा लागेर छोराछोरीहरु बिग्रिन्छन् भन्ने अभिभावकहरुको चिन्ताबाट बच्चाहरु खेलिदिए हुन्थ्यो भन्ने अवस्थामा लानुपर्ने एउटा परिस्थिति छ । यस्तो अवस्था ल्याउनका लागि यो संस्थाले महत्त्वपूर्ण भूमिका खेल्ने छ । अहिले खेलकुद सबैले सिक्नुपर्ने अनिवार्य विषय रहेछ, यसबाट नाम राख्नुको साथै जीविकाको आधार बनाउन सक्ने रहेछ भन्ने कुराको ज्ञान भर्खर हामी पाउँदै छौँ । हामीले यो कुराहरुलाई संस्थागत रुपबाट विकास गर्ने तर्फमा विद्यालय क्षेत्रलाई खेलकुदको महत्त्वपूर्ण थलो बनाएर अगाडि बढ्नुपर्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...