नेपालको अर्थतन्त्र दबाबमा छ हामी बाहिर निस्कन खोज्दैछौँ : अर्थमन्त्री पौडेल

17

काठमाडौँ, २६ मंसिर । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले मुलुकको अर्थतन्त्र समस्यामा रहेको बताउनुभएको छ ।

बुधबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले नेपालको अर्थतन्त्र दबाबमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो अर्थतन्त्र अहिले समस्यामा छ र दबाबमा छ । यसलाई कसैले पनि अस्वीकार गर्न सक्दैनौँ । तर, अर्को कुरा के हो भने हामी दबाबबाट बाहिर निस्कन खोजिरहेका छौँ । समस्याबाट बाहिर निस्कन खोज्दैछौँ । हाम्रो प्रयासहरु त्यसतर्फ अभिमुख छन् र क्रमशः सफलतातिर उन्मुख छौँ । समस्या समाधानका कारण पनि क्रमशः प्रभावकारी बन्दैछन् ।’

साथै उहाँले नेपालमा लगानीका लागि अनुकूल वातावरण सिर्जना हुँदै गएको दाबी गर्नुभयो । उहाँले सार्वभौम क्रेडिट रेटिङमा नेपालमा लगानीका निम्ति अनुकूल वातावरण सिर्जना भएको सन्देश विश्वसमुदायमा गएको बताउनुभयो ।

उहाँले अहिले मुलुकको अर्थतन्त्र सुधारतर्फ अघि बढे पनि दबाबमुक्त भने भइनसकेको जिकिर गर्नुभयो । राजस्व छुटका विषयमा मन्त्रालय होसियार रहेको र राजस्व चुहावट रोक्न समेत ध्यान केन्द्रित गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपालमा लगानीका लागि अनुकूल वातावरण सिर्जना हुँदै गएको छ । सार्वभौम क्रेडिट रेटिङमा नेपालमा लगानीका निम्ति अनुकूल वातावरण सिर्जना भएको सन्देश विश्वसमुदायमा गएको छ । राजस्व छुटका विषयमा मन्त्रालय होसियार छ र राजस्व चुहावट रोक्न समेत ध्यान केन्द्रित छ ।’

यसैगरी उहाँले अहिले बैंकहरूमा थुप्रिएको रकम उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी गर्नका लागि आवश्यक पहल भइरहेको पनि बताउनुभयो । उहाँले सहकारी लघुवित्त समस्याका विषयमा धेरै छलफल भएको समेत स्पष्ट पार्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...