कालिमाटीका स्थानीयको गुहार- ‘हामीसँग केही बचेन, पालको व्यवस्था गरिदिनुस्’

27

काठमाडौँ, १२ असोज । बिहीबार साँझदेखि भएको वर्षाका कारण काठमाडौँ उपत्यकाका थुप्रै स्थानमा नदीको सतह बढेर बस्तीमा बाढी पसेको छ ।

वर्षाका कारण काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको बहाव बढ्दा खोलाछेउका बस्ती डुबानमा परेको प्रहरीले बताएको छ ।

विष्णुमतीमा आएको बाढीका कारण कालिमाटीस्थित सुकुमबासी बस्ती डुबानमा परेको छ । बाढी घरभित्र पसेका कारण सयौं परिवार विस्थापित भएका छन् । बाढी घरभित्र पसेपछि घर छोडेर हिँड्नुपरेको कालिमाटीका स्थानीय निशान्त मगरातीले बताउनुभयो ।

उहाँले आफूसँग केही नभएको कारण भोकै मर्नुपर्ने स्थिति सिर्जना भएकाले सरकालले त्रिपालको व्यवस्था गरिदिन पर्ने माग गर्नुभयो ।

‘हामीले कोठामा भएको समानहरु पनि बचाउन पाएनौँ । अहिले हामी एकदम तनावमा छौँ । हामीलाई एउटा पालको व्यवस्था गरिदिएपनि हुन्थ्यो । हाम्रो लागि त्यही ठुलो कुरा हुन्थ्यो होला । यहाँको प्रतिनिधिहरु कोही पनि आउनुहुन्न हामीलाई सहयोग गर्न, त्यसकारण हामी एकदम पीडित छौँ । हामीसँग केही बचेन । पानी पिउनको लागि एउटा जग समेत ल्याउन सकेका छैनौँ । खानेकुराको व्यवस्था गरिदिए एकदम आभारी हुने थियौँ,’ उहाँको दुखेसो छ ।

Share This:
सम्बन्धित खबर
Loading...