महानगर प्रहरी र नेपाल प्रहरीको सहकार्य राम्रो भएको छ : महानगर प्रमुख शाह [ भिडिओ]

6

काठमाडौँ, १४ भदौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरपालिका प्रहरी र नेपाल प्रहरीले गर्दा सडक व्यवस्थापन गर्न सजिलो भएको बताउनुभएको छ ।

शुक्रबार ३२औँ महानगर प्रहरी दिवसलाई सम्बोधन गर्दै प्रमुख बालेनले महानगरपालिकामा हुने काममा सबैभन्दा पहिले अग्रपङ्क्तिमा नगर प्रहरीको हात रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महानगरपालिकामा हुने नीति तथा कार्यक्रमलाई पालना गर्न विभिन्न विभागहरुबाट सहयोग गर्न अग्रपङ्क्तिमा जानुहुने नगर प्रहरीका पदाधिकारीहरु, जवानहरु, उहाँहरुले गर्दाखेरी विभागका सबै कार्यहरु सहज तरिकाले भएका छन् । स्वास्थ्य विभागको स्वास्थ्य औषधि पसलहरुदेखि लिएर विभिन्न अस्पताल क्लिनिकहरु वा खाद्यानको अनुगमनदेखिका सबै विभागका कामहरुको लागि नगर प्रहरीको महत्वपूर्ण भूमिका रहेको छ ।’

साथै उहाँले साउद एसियाको विकास हुँदै गएको देशमा कामहरु गर्न निकै गाह्रो अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले कालोपत्रे सडक अतिक्रमणलाई र फुटपाथमा व्यवसाय गर्दाखेरीको अतिक्रमणलाई सहज बनाउन महानगरले धेरै चुनौतीहरुको सामना गर्नुपरेको जिकिर गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...