सोलुखुम्बु, ३२ साउन । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा गएको हिम पहिरोको कारण थामे गाउँ प्रभावित भएको छ ।
हिम पहिरोको कारण थामे गाउँमा आएको बाढीले केही घर समेत बगाएको छ । दुधकोशी नदीमा आएको बाढीले केही घर र होस्टेलसमेत बगाएको प्रहरीले जनाएको छ । थामेमा ४० घरको बस्ती छन् । तर, अहिले सबै घरमा परिवार भने नरहेको प्रहरीले जनाएको छ ।
क्षति विवरण भने संकलन गरिने क्रम जारी रहेकाले घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।