सबै उमेर समूहका व्यक्तिको कपाल प्रत्यारोपण हुन सक्दैन : सन्जिव झा [भिडिओ]

16
  • प्रमिला कार्की

काठमाडौँ, ३२ साउन । पछिल्लो समय विभिन्न उमेर समूहका व्यक्तिहरुमा कपाल झर्ने समस्या धेरै बढिरहेको छ । २१ वर्षदेखि ४०–४५ वर्ष उमेरका व्यक्तिहरुमा कपाल झर्ने समस्या बढी मात्रामा देखिन्छ । यसका कारणहरु धेरै छन् । एउटा त वंशानुगत हो र मानिसले धेरै चिन्ता लिनु अर्को कारण हो । त्यसबाहेक धेरै थरीका रोगहरुको कारणले पनि कपाल झर्ने समस्या देखिन्छ । चाँयाले पनि कपाल झर्ने हुन्छ ।

युवा अवस्थामा कपाल गर्ने प्रमुख कारण भनेको नै वंशानुगत हो । र युवा अवस्थामा धेरै चिन्ता लिँदा पनि कपाल झर्ने समस्या युवाहरुमा पनि धेरै देखिने गरेको पाइन्छ । त्यसबाहेक घर बाहिर अर्थात् होटल रेष्टुरेन्टको खानपानका कारण पनि कपाल झर्छ । खानपान नमिल्दा पनि धेरै कपाल झर्ने समस्या आउँछ ।

हाम्रो देश तथा विदेशभरि नै कपाल प्रत्यारोपणको ट्रेन्ड बढिरहेको छ । नेपालमा पनि कपाल प्रत्यारोपण गर्नेक्रम वृद्धि भइरहेको छ । कपाल कति डिग्रीमा छ त्यही अनुकुल नै प्रत्यारोण गर्ने हो । अहिलेसम्म दुनियाँमा सबैभन्दा राम्रो टेक्नोलोजि भनेको नै प्रत्यारोपण हो । तर, हामीले थोरै कपाल झरेको छ भने औषधि दिएर नै उपचार गर्ने गरेका छौँ । तर, प्रत्यारोपण गर्ने चलन बढेको छ । प्रत्यारोपणको प्रक्रियाको विषयमा भन्नुपर्दा कपाल पछाडिलाई डोनर भाग भन्ने गरिन्छ । धेरैजसो कपाल झर्ने भनेको अगाडिको भाग हो । पछाडिको कपाल झरेको थोरै मात्रामा देखिन्छ । यसरी पछाडिको कपाल झिकेर नै अगाडि प्रत्यारोपण गर्ने हो । जसको कपाल पछाडि पनि झरेको हुन्छ उसको भने प्रत्यारोपण हुन सक्दैन । किनभने बिऊ छैन भने कहाँबाट हाल्ने ? कपाल चाहिन्छ नै ।

हाम्रो अनुभव के छ भने यहाँ २५ देखि ४० वर्षसम्मको उमेरको बढी प्रत्यारोपण गरिरहेका छौँ । हुन त हामीले ४० देखि ५० सम्मको पनि गर्छौँ तर २५ देखि ३५ सम्मको चाहिँ बढी हुन्छ । जब कपाल प्रत्यारोपण गर्छौँ त्यसको पछिसम्म कुनै पनि साइड इफेक्ट देखिँदैन । यो एकदमै सुरक्षित छ । त्यसैले प्रत्यारोपणपछि कुनै पनि किसिमको साइड इफेक्ट देखिने समस्या हुन्छ कि भनेर डराउन पर्दैन । एक पटक प्रत्यारोपण गरेर राम्रोसँग हेरचाह गर्‍यो भने १५ देखि २० वर्षसम्म हुन्छ ।

विदेशमा र नेपालमा गरिने कपालको प्रतयारोपणको तरिका प्रविधिको हिसाबले एउटै नै हो । तर, आर्थिक हिसाबले विदेशमा भन्दा नेपालमा प्रत्यारोपणको मूल्य सस्तो छ । काठमाडौँमा पनि सबै क्लिनिकहरुमा थरीथरीको मूल्य छ । तर, हामीले सञ्चालन गरेको क्लिनिकमा अरुभन्दा सस्तो नै छ । परग्राफ ४० रुपैयाँदेखि सुरु हुन्छ । कसैको आर्थिक अवस्था राम्रो छैन भने अझ सस्तोमा गर्ने गरेको छौँ ।

२० वर्ष उमेर समूहदेखि तलको बिरामी छ भने त्यसलाई प्रत्यारोपण गर्न सल्लाह दिँदैनौ । त्यसका लागि औषधिहरु छन् । त्यसले रोकेर केही दिनसम्म अथवा लामो समयसम्म नभएपनि सीमित अवधिसम्म लम्ब्याउछौँ । त्यसपछि प्रत्यारोपण गर्छौँ । तुरुन्तै प्रत्यारोपण गर्नुपर्ने अवस्था छैन भने अरु उपायहरु पनि छ । त्यसबाट कपाल झर्नबाट रोक्छौँ । जिएफसी छ पिआरपी प्रविधि छ । त्यसले पलाउँछ ।

ग्राफअनुसार मानिसलाई प्रत्यारोपण गर्नुपर्ने हुन्छ । सोहीअनुसार हुन्छ मूल्य निर्धारण हुन्छ । समय चाहिँ लगभग ५–देखि ६ घन्टा लाग्छ । तर, त्यो अवधिमा हामी प्रत्यारोपण मात्र गर्दैनौँ । चिया खाजा खाने समय त्यसैमा समावेश हुन्छ । प्रत्यारोपण लामो समयसम्म औषधिहरु खाइराख्नुपर्ने केही समस्या पनि हुँदैन । तर, प्रत्यारोपणपछि केही दिनसम्म चाहिँ औषधि प्रयोग गर्छौँ । प्रत्यारोपण गर्दा दुःखाइ केही हुन्न । सामान्य किसिमको अप्रेसन चाहिँ हुन्छ । धेरैले दुःखाइ हुन्छ कि भनेर डराएको पनि पाउँछौँ तर दुंखाइ हुँदैन । राम्रोसँग प्रत्यारोपण गरिएन भने वा प्रक्रिया पुर्‍याएर गरिएन भने कपाल नक्कली जस्तो देखिने समस्याहरु हुनसक्छ । अरु ठाउँमा गरिसकेको बिरामीहरु बिग्रिएर पनि आउनुहुन्छ । काठमाडौँमा धेरै क्लिनिकहरु छन् त्यहाँ विदेशका टेक्निसियन ल्याएर प्रत्यारोपण गराउने गरेको पाइन्छ । त्यसबाट सावधान हुनुपर्छ । चिकित्सककै सल्लाहमा मात्र कपाल प्रत्यारोपण गर्नुपर्छ ।

(नेपाल न्यूज बैंकसँगको कुराकानीमा आधारित)

Share This:
सम्बन्धित खबर
Loading...