काठमाडौँ, २४ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दीर्घरोगी बिमितका निम्ति सुविधाको सिलिङ बढाइने बताउनुभएको छ ।
बिहीबार राष्ट्रियसभाअन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उहाँले जटिल प्रकारका रोगीलाई अहिलेको एक लाख रुपैयाँसम्मको सुविधाले नपुग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘दीर्घरोगी बिमितका निम्ति सुविधाको सिलिङ बढाइने छ । जटिल प्रकारका रोगीलाई अहिलेको एक लाख रुपैयाँसम्मको सुविधाले पुग्दैन, यसलाई पनि बढाउनु आवश्यक छ ।’
साथै उनले सञ्चालनमा नआएका स्वास्थ्य संस्था छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन लागेको बताउनुभयो । उहाँले सेवा सुविधा प्रदान गरिरहेका र प्रभावकारी हुन नसकेका अस्पतालहरुमा सेवा सुविधा प्रभावकारी बनाउनका लागि जनशक्ति थप गरिने बताउनुभयो ।