महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

47

काठमाडौँ, १९ साउन । काभा वुमन्स नेशनल लिग महिला भलिबलमा नेपालले भारतलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३–२ ले हराएको हो ।

नेपाली भलिबल इतिहासमा नेपालले पहिलो पटक भारतलाई हराएको हो । पाँचौँ तथा अन्तिम सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै नेपालले ऐतिहासिक जित निकालेको हो ।

भारतसँगको खेलमा नेपालले पहिलो सेटमा १२–६ को अग्रता लिँदै शानदार सुरुवात गरेपनि भारतले पुनरागमन गर्दै ११–१३ गर्दै अग्रता अंक २ मा घटाएपछि नेपालले पहिलो टाइम आउट लिएको थियो ।

नेपालले अग्रतालाई निरन्तरता दिँदै २२–१८ मा पुर्‍याएपछि पहिलो सेटमा जित पक्का जस्तै बनेको थियो । नेपालले पहिलो सेट २५–१८ ले सहजै जितेको थियो ।

दोस्रो सेटमा सुरुवातमा नेपाल ६–६ को अवस्थामा थियो । तर, त्यसपछि भारतले निरन्तर अंक बटुल्दै सहज जित हात पार्‍या । खेलाडी परिवर्तनमा गल्ती गरेपछि नेपालले रातो कार्ड पाउँदा भारतले अन्तिम अंक नखेली पाएको थियो ।

तेस्रो सेटमा नेपालले १६–९ को अग्रता लिँदै सहज जितको आधार तयार पारेको थियो । तेस्रो सेटमा २५–१७ को जित हात पार्दै ऐतिहासिक जित निकाल्नबाट एक सेट जित टाढा थियो ।

चौथो सेटमा भारत सुरुवातमा ८–३ ले अघि थियो । भारत निरन्तर चौथो सेटमा अघि थियो । भारत मध्य समयमा १५–१० ले अघि थियो ।

नेपालले १५–१७ बनाउँदै खेलमा फर्किने सम्भावना देखाएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा दुई अंकले पछि परेको अवस्थाबाट लगातार पाँच अंक गुमाउँदा भारतले चौथो सेट २५–१८ ले जितेको थियो ।

निर्णायक पाँचौँ सेटको सुरुवात प्रतिस्पर्धात्मक बनेको थियो । उषा भण्डारी र सरस्वती चौधरीको स्पाइकमा अंक जोड्दै नेपाल ५–२ को अग्रता लिँदै ऐतिहासिक जितको संकेत दिएको थियो । नेपालले ८–५ मा पाँचौँ सेटको कोर्ट परिवर्तन गरेको थियो ।

नेपाल १२–१० को अवस्थामा रहँदा भारतले टाइम आउट लिएको थियो । टाइम आउटलगत्तै अंक जोडेको थियो । १२–१३ को अवस्थामा सरस्वतीले लेफ्ट साइडबाट अंक जोडेपछि नेपाल जितभन्दा एक अंक टाढा थियो । तर, भारतले पुन अंक जोड्दा खेल १३–१४ को अवस्थामा पुगेको थियो । नेपालले भारतको मोमेन्टम्स ब्रेक गर्न टाइमआउट लियो ।

यसअघि नेपाल र भारतबीचको महिला भलिबलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन २०१९ को दक्षिण एसियाली खेलकुद ९साग० को फाइनल दशरथ रंगशालामा थियो । उक्त खेलमा नेपाल ३–२ सेटले हार्दै स्वर्ण जित्नबाट चुकेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...