काठमाडौँ, १८ साउन । सरकारले यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
उक्त दिन मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।