बाइडेनले लिए राष्ट्रपतीय निर्वाचनबाट आफ्नो नाम फिर्ता

9

काठमाडौँ, ७ साउन । जो बाइडेनले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

जुन २८ मा ट्रम्पसँगको बहसमा परेपछि बाइडेनको स्वास्थ्यलाई लिएर चौतर्फी उम्मेदवारी फिर्ता लिन दबाब परेको थियो ।

पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा र हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले पनि बाइडेनविरुद्ध आफ्नो धारणा राखेका थिए । यसले बाइडेनलाई उम्मेदवारी फिर्ता लिन नैतिक दबाब बढाएको हो ।

पार्टीबाट अत्याधिक दबाब र स्वास्थ्यको कारण देखाउँदै ८१ वर्षीय बाइडेनले नोभेम्बरमा हुने चुनावमा उम्मेदवार नबन्ने बताउँदै वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेका छन् । बाइडेनले चुनावी मैदान छाडेपछि अमेरिकी राष्ट्रपतिको चुनाव अब रोचक बनेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...