काठमाडौँ, ४ साउन । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदै छ । आज पहिलो दिन शुक्रबार समूह ‘ए’का दुई खेल हुँदै छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईबीच प्रतिस्पर्धा हुने छ । यो खेल डम्बुला मैदानमा नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।
आजै हुने दोस्रो खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दै छन् । यो खेल सोही मैदानमा साँझ ७ः१५ बजे सुरु हुनेछ ।
साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसिसी महिला प्रिमियर कपबाट छनोट भएको हो ।
प्रतियोगितामा ८ टोलीको सहभागी छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ ।