ज्योतिष डा.अधिकारीको खुलासा : देउवा प्रधानमन्त्री बन्दैनन्, संविधान संशोधन हुन्छ

71

काठमाडौँ, ३ साउन । वरिष्ठ ज्योतिष एवम् पण्डित डा.रुद्रनाथ अधिकारीले आउँदो मंसिरसम्म नेपालको संविधान संशोधनको प्रक्रिया सुरु हुने भविष्यवाणी गर्नुभएको छ ।

नेपाल न्युज बैंकसँग कुराकानी गर्दै राजनीतिक भविष्यवाणी एवम् विश्लेषण समेत गर्दै आउनुभएका डा.अधिकारीले संविधान संशोधन यही वर्षबाट थालनी भएर वि.सं. २०८२ सालमा नेपाली राजनीतिको कोर्ष परिवर्तनको दिशातर्फ अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आउँदो मंसिरसम्म संविधान संशोधन हुन्छ । अन्य कुराहरु धेरै संशोधन भएपनि खासगरी देशका लागि तीन महत्वपूर्ण विषयमा संविधान संशोधन हुन्छ । समानुपातिक प्रणालीको अन्त्य गरी प्रत्यक्ष निर्वाचन प्रणाली राख्ने, हिन्दु राष्ट्र मुख्य एजेण्डा बन्छ र बनाइनुपर्छ र प्रदेश खारेजी हुन्छ । प्रदेश खारेजी नगरी सुखै छैन । प्रदेशहरु कार्यकर्ता भर्ती गर्ने अड्डा मात्रै बनेको छ । जतिखेर नेपालमा प्रदेशीय संरचना तयार भएपछि नेताहरुको काम सरकार टुटाउने र बनाउने बाहेक अरु केही काम भएको छ र ?’

त्यस्तै, अधिकारीले नेपाली राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको अधोगति सुरु भएको उल्लेख गर्नुभयो ।

पूर्व र पश्चिमको प्रभावमा सबै मिलेर देशलाई पालैपालो ठगरिहेको उल्लेख गर्दै अधिकारीले कर्मको फल ढिलाचाँडो सबैले पाउने बताउनुभयो ।

उहाँ भन्नुहुन्छ,‘मैले वर्षको सुरुमै भनेको थिए प्रचण्डको अधोगति सुरु हुन्छ भनेर । अब प्रचण्ड र रविजीहरुको डाउनलाइन सुरु भएको छ । अब उहाँहरुले जति तिग्डम गरेपनि उहाँहरुको पतन नै हो । यहाँ कोही पनि दुधले धोएका छैनन् । ढिलोचाँडो कर्मका फलहरु सबैले भोग्नुपर्दछ । उनीहरुले देशलाई ठगिरहेका छन् ।’

त्यसैगरी, अधिकारीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका चेतनाकाद्वारहरु खुलेको उल्लेख गर्दै अब नेपाली कांग्रेस र नेकपा एमाले मिलेर देशको अवस्था परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुने अवस्था तत्काल नदेखिएको समेत उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘जोसुकै प्रधानमन्त्री भएपनि देशमा सुशासन कायम हुनु पर्दछ । एकले अर्कालाई बचाउनको लागि अपराध समेत लुकाउने काम बन्द गरिनुपर्दछ । यी र यस्ता परिपाटी र प्रपञ्चहरु बन्द गरिनुपर्दछ । ओलीपछि देउवा प्रधानमन्त्री हुने सम्भावन देखिएको छैन । उहाँको कुन्डलीले त्यस्तै संकेत गर्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...