चितवन, ३० असार । चितवनको सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीका लागि सरकारले छिमेकी देशबाट आवश्यक प्रविधि झिकाउने भएको छ ।
आइतबार स्थलगत अध्ययनपछि गृहसचिव एकनारायण अर्यालले बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको जानकारी दिनुभयो ।
‘आवश्यक प्रविधि ल्याउनका लागि लागि सम्बन्धित देशका राजदूतसँग कुराकानी भइरहेको र चीन तथा भारतबाट उपकरण आउने प्रतिबद्धता आएको छ,’ उहाँले भन्नुभयो ।
उहाँले मृतकहरूको पहिचानका लागि तीव्रताका साथ काम अघि बढाउने र राहतका विषयमा पनि गृहले आवश्यक पहल गर्ने जिकिर गर्नुभयो ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो ।
सम्बन्धित समाचार
- सिमलताल पहिरो : बेपत्ता खोजी गर्न १४९ जना सशस्त्र प्रहरी परिचालन
- सिमलताल पहिरो स् दुईवटा शव भेटियो, बेपत्ताको खोजीकार्य जारी [अपडेट]
- सिमलताल पहिरो : बेपत्ता खोज्न प्रविधिको प्रयोग तर अवस्था असहज
- सिमलताल पहिरो : यात्रुहरुको पहिचान खुल्यो, ७५ सुरक्षाकर्मी सक्रिय
- पहिरोले दुईवटा यात्रु सवार बस त्रिशूलीमा बगायो : ६५ जना यात्रुको अवस्था अज्ञात