बिस करोडभन्दा बढीको कोकिनसहित मलेसियन महिला पक्राउ

47

काठमाडौँ, ३० असार । प्रतिबन्धित लागुऔषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ४७ वर्षीया मलेसियन महिला बाथुमालाई भाडिभालु रहेकी छन् ।

उनलाई ठमेलस्थित काठमाडौँ सिटी होटलबाट कोकिनसहित पक्राउ गरेको हो । होटलमा लागु औषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।

कोठाको खानतलासी गर्दा उनको साथमा ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन लुकाएको भेटिएको थियो ।

बरामद भएको ५ किलो ८२० ग्राम कोकिनको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ रहेको प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० वसन्त रजौरेले जानकारी दिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...