सिमलताल पहिरो : बेपत्ता बस र यात्रुको अवस्था अझै अज्ञात

55

काठमाडौँ, ३० असार । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई वटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।

शुक्रबार र शनिबार सेना, सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरीको प्रयासमा तीन जनाको शव फेला परेको छ । जसमध्ये दुई जनाको मात्र पहिचान खुल्न आएको छ ।

दुई जनामध्ये सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साह रहेका छन् । बाँकी यात्रु र बसको भने आज पनि खोजी सुरु भएको छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो ।

काठमाडौँबाट गौरका लागि गएका बसमा २७ र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसमा २४ यात्रु रहेको बताइएको छ ।

यता, बेपत्ता भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन् । उनीहरुले बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र संयन्त्रको प्रयोग गर्दै सबै शक्ति परिचालन गर्न अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

Share This:
सम्बन्धित खबर
Loading...