शान्तिश्रीको ‘यसपालीको तीजमा’अन्जली अधिकारीको छमछमी [भिडिओ]

9

काठमाडौँ, २६ असार । गायिका शान्तिश्री परियारको स्वरमा रहेको ‘यसपालीको तिजमा’ बोलको गीतको भिडिओ रिलिज गरिएको छ ।

हिन्दु नेपालीहरुको महान पर्व तीज नजिकिएसँगै ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारीको शब्द सिर्जना रहेको सार्वजनिक गीतमा मार्मिक शब्द, शब्दका मर्म र भावलाई उजागर गर्ने प्रयत्न गरिएको छ ।

गाउँ घरमा तीजको माहोलमा गरिने रमाइलोलाई देखाउँदै भगवान शिवलाई यस विशेष पर्वमा खुसी पार्ने कुरा र माइती गएकी चेलीका लागि आमाको महत्वलाई गीतकार डाक्टर अधिकारीले वर्णन गर्नुभएको छ ।

सार्वजनिक गीतमा संगीत रिमेश कुमार थापाले भर्नुभएको छ । पछिल्ला दिनमा तिजका गीतमा बढ्दो बिकृति बढेको भन्दै गुनासोहरु आइरहेका बेला सार्वजनिक यसपालीको तिजमा बोलको गीतमा भने मौलीक विषयवस्तु उठाइएको निर्माण युनिट बताउँछ ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको सार्वजनिक गीतमा लोकप्रिय मोडल अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ । जसमा उत्सव दाहालको छायांकन तथा विकाश ज्ञवालीको सम्पादन रहेको छ । गीत ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारी अफिसियल च्यानलबाट बजारमा आएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...