गायिका समीक्षा अधिकारीको ‘फेसनको पातलो चोली’ सार्वजनिक [भिडिओ]

14

काठमाडौँ, २१ असार । चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा रहेको ‘फेसनको पातलो चोली…’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । जेनी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट उक्त भिडिओ सार्वजनिक भएको हो ।

जेनिशा नेपालको शब्द तथा नवीन कार्कीको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् । पहिलाको र अहिलेको फेसनमा आएको परिवर्तन लाई मिलाएर लेखिएको गीतकार जेनिशा नेपालले बताइन ।

केशब अधिकारीको छायाँकन , विश्वास भण्डारीको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफीमा भिडिओ तयार गरिएको हो । उक्त भिडियोको निर्देशन रविन श्रीले गरेका हुन् ।

‘फेसनको पातलो चोली‘ गीतमा मोडल दिपेन्द्र सोनाम र आयुष्मा कार्कीको फिचरिङ रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...