अष्ट्रेलियामा विदेशी विद्यार्थीको भिसा शुल्क एकैपटक दोब्बर बढीले वृद्धि

16

काठमाडौँ, १९ असार । अष्ट्रेलिया सरकारले विदेशी विद्यार्थीहरुले तिर्नु पर्ने भिसा शुल्कमा अत्याधिक वृद्धि गरेको छ ।

जुलाई १ बाटै कार्यान्वयनमा आएको भिसा शुल्क अनुसार अब विदेशी विद्यार्थीले १६०० डलर झन्डै १ लाख ४३ हजार रुपैयाँ तिर्नु पर्ने छ । यसअघि ७१० अष्ट्रेलियन डलर (६३ हजार ३२४) रुपैयाँ रहेको थियो । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजको सरकारले हालै विदेशी विद्यार्थीको संख्यामा कीर्तिमानी वृद्धि भएपछि यो कदम चालेका हुन् । अब यसको असर नेपाली विद्यार्थीमा पनि पर्ने छ ।

गत वर्ष नेपालबाट १ लाख बढी विद्यार्थीहरुले गत वर्ष नो अब्जेक्सन लेटर लिएकोमा ५० प्रतिशत बढी अष्ट्रेलिया पुगेका छन् । यो संख्या यसवर्ष पनि थप बढ्ने भएकाले करोडौँ रकम नेपाली विद्यार्थीले अष्ट्रेलिया अध्ययनमा जानका लागि भिसा प्राप्त गर्नका लागि खर्च गर्ने छन् । उक्त रकम भिसा प्राप्त नभएमा फिर्ता पनि हुने छैन ।

नयाँ प्रणालीपछि अस्ट्रेलियामा विद्यार्थी भिसा लिन अमेरिका र क्यानडाभन्दा महँगो भएको छ । हाल शुल्क अमेरिकामा १८५ डलर र क्यानडामा १५० क्यानेडियन डलर छ ।

अष्ट्रेलियाका शीर्ष अनुसन्धान विश्वविद्यालयहरू (द युनिभर्सिटी अफ सिड्नी र द युनिभर्सिटी अफ मेलबर्न) लगायतको प्रतिनिधित्व गर्ने समूह अफ एटले यसमा निराशा व्यक्त गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...