कोपा अमेरिका : अर्जेन्टिनाको विजयी सुरूवात

18

काठमाडौँ, ७ असार । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । शुक्रबार बिहान भएको ४८औँ कोपा अमेरिकाको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए । गोलरहित बराबरीमा पहिलो हाफ सकिएको थियो । अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा निकालेको हो । खेलको ४९औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले म्याक एलिस्टरको पासमा गोल गरेका हुन् ।

खेलको ८८औँ मिनेटमा मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको थियो । त्यसपछि बाँकी समयमा दुवै टिमबाट गोल नभएपछि अन्ततः अर्जेन्टिनाले २–० को जित पक्का गर्न सफल भयो । जितपछि समूह ‘ए’मा अर्जेन्टिनाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...