स्वदेश फर्कियो नेपाली क्रिकेटमा टिम

22

काठमाडौँ, ६ असार । आइसिसी टी-२० विश्वकप खेलेर नेपाली टोली दुई समूह गरेर स्वदेश फर्किएको छ । एउटा समूह राति १ बजे र अर्को समुह बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

विजिनेस क्लासको हवाई टिकट नमिलेका कारण टोली दुई समूहमा विभाजित भएर नेपाल आइपुगेको हो ।

अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकपमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो । नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण खेल सञ्चालक हुन सकेन ।

बंगलादेश र दक्षिण अफ्रिकासँग भएका पछिल्ला दुई खेलमा भने नेपाल जित नजिक पुगेर निराश बनेको थियो । नेपाल इतिहासमा नै दोस्रो पटक टी-२० विश्वकपमा सहभागी बनेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...