तनहुँमा च्याउ खाँदा ५ जना बिरामी

21

तनहुँ, ३ असार । जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन् । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङ र ५७ वर्षीय मधु गुरुङ बिरामी परेका छन् । उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

त्यस्तै, हिलेखर्ककै ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीय द्रोणपति गुरुङ र ५८ वर्षीय पम्फी गुरुङ पनि बिरामी छन् । उनीहरुको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका डिएसपी दिपककुमार रायले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...