नेपाल दक्षिण अफ्रिकासँग स्तब्ध

22

काठमाडौँ, १ असार । आइसिसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो ।

उक्त लक्ष्य पछ्याउने क्रममा नेपाललाई अन्तिम ओभरको अन्तिम बलमा दुई रन आवश्यक थियो । नेपालले जितेको खेलसमेत अन्तिम ओभरमा गुमायो । अन्तिम बलको सामना गरेका ब्याटर गुल्सन झा रन आउट भएपछि नेपालले जितिसकेको खेल गुमाएको हो । खेलको १८.२ ओभर समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर १०० रन बनाएको थियो नेपालले ६ बलमा तीन विकेट गुमायो हो । त्यसपछि दबाबमा परेको नेपाललाई खेलमा फर्किन मुस्किल भयो ।

नेपालका लागि ४९ बलको सामना गरेका ओपनर आसिफ शेखले ४ चौका र १ छक्का प्रहार गरी ४२ रनको पारी खेले । अनिल कुमार साहले २४ बलमा तीन चौका र एक छक्कासहित २७ रनको जोडे । यस्तै, ओपनर कुशल भुर्तेलले २१ बलमा एक चौका र एक छक्का प्रहार गरी १३ रन जोडे । दिपेन्द्र सिंह ऐरिले ६ रन जोडे । नेपालले कप्तान रोहितकुमार पौडेललाई शून्यमा गुमाउन पुग्यो ।

दक्षिण अफ्रिका तबरेज शाम्सीले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए भने क्याप्टेन आइदेन मार्करम र एनरिच नोर्टले समान १ –१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो ।

दक्षिण अफ्रिकाका रेज हेनड्रिक्कसले सर्वाधिक ४३ रनको पारि खेले । यस्तै, ट्रिस्टान स्टुब्सले २७ रन, कप्तान आइदेन मार्करमले १५ र क्विन्टन डी ककले १० रन बनाए । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १९ रन खर्चिएर ४ लिए । यस्तै, चार ओभर बलिङ गरेका अलराउण्डर दीपेन्द्रसिंह पनि २१ रन खर्चिएर ३ विकेट निकाले ।

दक्षिण अफ्रिकासँगको हारसँगै नेपालको सुपर–८ मा पुग्ने सम्भावना सकिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...