भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिए शपथ

19

काठमाडौँ, २७ जेठ । नरेन्द्र मोदीले तेस्रो पटक भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन् । मोदीले राष्ट्रपति द्रौपदी मुर्मु समक्ष प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री मोदीसहित गठबन्धन सरकारका ७२ मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ दिलाउँदै छिन् । शपथ लिएकामध्ये ३० जना क्याबिनेट मन्त्री, ५ जना स्वतन्त्र प्रभार र ३६ राज्यमन्त्री रहेका छन् । विभागहरू पछि घोषणा गरिनेछ ।

प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागी हुन धेरै देशका सरकार प्रमुखहरु पनि भारत भारत आएका छन् ।

राष्ट्रपति मुर्मुको सरकारी निवासमा आयोजित समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसमेत सहभागी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...