समाज रुपान्तरणमा गीत संगीतको ठुलो भूमिका : उपसभामुख राना

16

काठमाडौँ, २१ जेठ । उपसभामुख इन्दिरा राना मगरले सामाजिक र राजनीतिक रुपान्तरणमा गीत संगीतको ठुलो भूमिका रहेको बताउनुभएको छ ।

काठमाडौँमा सोमबार अन्तर्राष्ट्रिय रचनात्मक संगीत पुरस्कार २०२४ को ग्रान्ड फिनालेमा उहाँले मानिसको सोच परिवर्तन नभएसम्म रुपान्तरण सम्भव नभएको भन्दै त्यसका लागि कलाकारहरु महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सपना बोकेका नयाँ कलाकारहरु, पुराना कलाकार, जो अफ्नो जीवनभर कला, संस्कृतिलाई जोगाउन योगदान दिने काम गर्नुभएको छ । यस्तो कलाकार हाम्रो देशको लागि एकदमै महत्वपूर्ण हुन्छ । हामीले मानिसको सोच परिवर्तन गर्न नसकेसम्म सामाजिक र राजनीतिक रुपान्तरण गर्न सक्दैनौँ । तपाईं जस्तो कलाकारहरुले कला र अभिनयबाट आफ्नो तर्फबाट रुपान्तरणको लागि जुन प्रयास गर्नु भएको छ ।’

उहाँले कलाकर्मीको जीवनका विषयमा पनि चिन्ता व्यक्त गर्नुभयो । देशका लागि बाँच्ने कलाकारका लागि देशले केही गर्न नसकेको भन्दै चिन्ता जाहेर गर्नुभयो।

उहाँले भन्नुभयो, ‘देशको लागि जीवनयापन गर्दा पनि उनीहरुको लागि देशले केही गर्न नसकेको देख्दा दुःख लाग्छ तर पनि म तपाईंहरुको यो कामको लागि सलाम गर्न चाहन्छु र उत्साह भर्न चाहन्छु ।’

Share This:
सम्बन्धित खबर
Loading...