काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा ५ देखि ९ घन्टासम्म विद्युत् अवरुद्ध हुने

29

काठमाडौँ, १९ जेठ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानहरूमा आज पाँच देखि नौ घन्टासम्म विद्युत् सेवा अवरूद्ध हुने भएको छ ।

विद्युत् प्राधिकरणले काठमाडौँको बलम्बु सहायक वितरण केन्द्रको मातातीर्थ फिडर र ललितपुरमा पुल्चोक वितरण केन्द्रको पाटन पुच्लोक फिडर अन्तर्गतका वितरण गरिएका स्थानहरूमा बिजुली आज बिजुली काटिने जानकारी दिएको छ ।

मर्मत तथा कन्डक्टर अपग्रेडका गर्न लागिएकाले ती फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत् अवरूद्ध हुनेछ ।

मातातिर्थ फिडरअन्तर्गत पर्ने दाउरा डिपो, महादेवस्थान, चेकपोष्ट, आयल निगम, गोदाम, थानकोट, त्रिभुवन पार्क, खरिबोट, नागढुंगा, पिपलामोड, बसुन्डोल, इन्द्रथान, टोटीटोल, सिरानचौर, महेश फाट, कुखुरेचौर र झाँगाझिँटीमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् लाइन अवरूद्ध हुने छ ।

प्राधिकरणका अनुसार ललितपुरको पाटनपुल्चोक फिडरअन्तर्गत पर्ने भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुनडोल, मन्त्री क्वाटर, झम्सिखेल, अरूण थापा चोक क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...