सीता एयरले ठक्कर दिँदा आफ्नै कर्मचारी घाइते

32

मुगु, १० जेठ । मुगुस्थित रारा ताल्चा विमान स्थलमा सीता एयरको ठक्करबाट एक जना घाइते भएका छन् ।

बिहीबार नेपालगञ्जका लागि यात्रु भरेर उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत मुगु स्टेसन प्रमुख धिरेन्द्र भाम घाइते हुनुभएको हो ।

भाम विमानका पाइलटलाई विमान उडानका लागि संकेत (कम्युनिकेसन) गरिरहेका बेला चालकले बोलाएपछि विमानतर्फ जाँदैगर्दा विमान गुड्न सुरु गरेर विमानको अघिल्लो भागले ठक्कर दिँदा घाइते भएको प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो ।

घाइते भइ अचेत अवस्थामा रहनुभएका भामलाई सीता एयरकै विमानमार्फत् उपचारका लागि नेपालगञ्ज लगिएको छ । नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...