नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ

21

काठमाडौँ, ३ जेठ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा विद्युतीय सवारी साधनले एकदमै राम्रो पिकअप लिएको बताउनुभएको छ ।

बिहीबार प्रि–बजेटको छलफल कार्यक्रममा उहाँले विद्युतीय सवारी साधनले नेपालमा राम्रो प्रमोसन गरेको भन्दै यसप्रति विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भन्सारलगायतका विषयहरु छन् त्यसमा सहजीकरण हुन्छ नै भन्ने मलाई लाग्छ । धेरै विषयमा हामी आन्तरिक रुपमा छलफल नै गरिरहेका छौँ । राजस्वको विषयले गर्दा विद्युतीय सवारी साधनमा जुन हिसाबले प्रमोसन भइरहेको छ, यसमा विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ । नेपालमा विद्युतीय सवारी साधनको प्रमोशनका कारण राम्रो पिकअप लिएको छ । नेपालमा ग्रिन इनर्जीलाई यसले सपोर्ट गरेको छ ।’

यस्तै, उहाँले नेपालमा ऊर्जा क्षेत्रमा सबैभन्दा महत्वपूर्ण भूमिका नीजि क्षेत्रको रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले २८ हजार मेघावाट विद्युतको लक्ष्य राखेका छौँ । त्यो पूरा गर्नका लागि नीजि क्षेत्र नै हो नेपालमा अहिलेको ऊर्जा क्षेत्रमा सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको छ । तपाईहरुलाई सहजीकरण गर्न हामी सधैँ तयार छौँ ।’

अर्बौँ रुपैयाँ वनलाई क्षतीपूर्ती दिएर वन कटानीको सहमति लिनुपर्नेलगायत विभिन्न किसिमका ठाँउमा धेरै लगानी गर्दा खर्च धेरै भएको भन्दै जसरी भएपनि उत्पादन खर्च घटाउनुपर्ने पनि उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...