जुम्लामा मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाइते

9

मुगु, ३ जेठ । जुम्लाको कनका सुन्दरी गाउँपालिका–२ जियाखोला नजिक भएको मिनी ट्रक दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान करिब साढे सात बजेतिर भएको उक्त दुर्घटनामा कर्णाली प्रदेश ०२००१ ख ०२८७ नम्बरको मिनी ट्रक चालक र सहचालक दुवै जना घाइते भएका हुन् ।

गाडी चालक सुर्खेतका २७ वर्षीय लक्ष्मीप्रसाद जैसीको अवस्था सामान्य छ । सहचालक सुर्खेत अलाचौर बस्ने १७ वर्षीय विष्णु अधिकारीको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी निरीक्षक उमेश बहादुर चन्दले जानकारी दिनुभयो ।

चन्दका अनुसार बिहान मिनी ट्रक सुर्खेतदेखि खाद्यन्न बोकेर मुगुतर्फ जाने क्रममा अनियन्त्रित भइ नाम्म गमगढी सडकखण्ड अन्तर्गत जुम्लाको कनका सुन्दरी गाउँपालिका–२ जियाखोला नजिकै सडकबाट तीन सय मिटर तल खसेको हो ।

घाइतहरुको जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...