कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

19

काठमाडौँ, १ जेठ । संघीय संसदको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध कायमै राखेको छ ।

मंगलबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा कार्यसूचीमा प्रवेश नगर्दै कांग्रेस नाराबाजीमा उत्रिएपछि बैठक नै स्थागित भएको छ ।

विगत दुई महिनादेखि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै कांग्रेसले संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ ।

‘सहकारी ठग राजीनामा दे’ ‘सहकारी ठगलाई कारबाही गर’, ‘सहकारी पीडतलाई न्याय दे’ लगायतका नारा लगाउँदै कांग्रेस संसदमा नाराबाजीसहित अवरोधमा उत्रिएका हुन् ।

धन्यवाद सभा मात्रै भएकाले बैठक चल्न दिन सभामुखले आग्रह गरे पनि कांग्रेसले मानेन । सहकारी ठगलाई कारबाही गर, संसदीय मर्यादा कायम गर लगायतका नारा कांग्रेसका सांसदहरूले लगाए ।

बैठकमा अवरोध भएपछि सभामुख देवराज घिमिरे आगामी बैठक बिहीबार बिहान ११ बजे बस्नेगरि स्थगित गर्नुभएको छ ।

कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम भने प्रस्तुत गर्न दिएको थियो । यद्यपि, सरकारको कुनैपनि कार्यसूचीमा प्रवेश हुन नदिने कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठक निर्णय गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...