ललितपुर महानगरपालिका जनताका समस्याप्रति संवेदनशील छ : चिरिबाबु महर्जन

4

काठमाडौँ, २२ वैशाख । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगरबासीका आवश्यक्ता र चाहानाहरुलाई मुर्त रुप दिन आफू लालायीत भएको बताउनुभएको छ ।

ललितपुर महानगरपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममालाई सम्बोधन गर्दै प्रमुख महर्जनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउन सुरू गरिएको उल्लेख गर्दै जनताका चाहाना र आवश्यक्ताका आधारमा बजेट निर्माण गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नगरबासीहरुको चाहानाहरुलाई मुर्त रुपमा कार्यान्वयन गर्नका लागि लालायीत छौँ । हामी नगरबासीका समस्याप्रति संवेदनशील छौँ । अहिले हामी नगरको नीति तथा कार्यक्रम बनाउनेतर्फ लागिरहेका छौँ । बजेट मेकिङ सेसन सुरू भइसक्यो । सार्वजनिक सुनुवाईमा नगरबासीहरुबाट प्राप्त भएका सुझाब र पृष्ठपोषणका आधारमा बजेट निर्माण गर्न चाहान्छौँ ।’

महानगरबासीका लागि आफू नेतृत्वका जनप्रतिनिधिहरु सेवक भएर लागिरहेको महर्जनको भनाइ छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख महर्जनले यातायात सेवामा सहजिकरण र वडा र पालिका तहबाट प्रदान गरिने सेवाहरुको सहज र सरल बनाउँदै जाने प्रतिवद्धता जनाउनुभयो ।

जनताको आवश्यक्ता पहिचानका लागि गत वर्ष दुई ठाउँमा सार्वजनिक सुनुवाइई गरिएको स्मरण गर्दै महर्जनले आफू पालिका बासीले देखाएको बाटोमा हिँडिरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ सार्वजनिक सुनुवाईको महत्वलाई ध्यानमा राख्दै गत वर्ष दुई ठाउँमा गरेका थियौँ । यस वर्ष केही समस्याका कारणले दुई ठाउामा गर्न सकिएन । अर्को वर्ष जनमतका आधारमा सार्वजनिक सुनुवाई गर्नेछौँ । नगरबासीको सेवा गर्नका लागि हामी सेवक भएर बसिरहेका छौँ । प्रमुख र उपप्रमुखले भेट्नको लागि समय नदिएको भन्ने गुनासाहरु बढिरहेका छन् । तपाईंले समय माग्नुस् त्यही समयमा म भेट्ने प्रयास गर्छु । तर, गाली चाहिँ नगरिदिनुस् है ।’

Share This:
सम्बन्धित खबर
Loading...